शुक्रबार, फाल्गुन २९, २०८२
Friday, March 13, 2026

एमालेको केन्द्रीय सचिवालय बैठक सुरु

काठमाडौं – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको छ । मंगलबार केही समयअघि सुरु भएको बैठकको अध्यक्षता पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् ।

बैठकको मुख्य एजेन्डा आसन्न राष्ट्रियसभा निर्वाचन, समसामयिक राजनीतिक परिस्थिति र आगामी केन्द्रीय कमिटी बैठकको तयारी रहेको छ । विशेषगरी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने विषयमा आजको बैठक केन्द्रित हुने बताइएको छ ।

सोमबार साँझ मात्रै नेपाली कांग्रेस, एमाले र अन्य दलहरूबीच राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँडबारे छलफल भएको थियो । सोही सन्दर्भलाई जोड्दै आजको बैठकले पार्टीका तर्फबाट उम्मेदवारहरूको अन्तिम टुंगो लगाउने अपेक्षा गरिएको छ ।

त्यस्तै, बैठकमा मुलुकको पछिल्लो राजनीतिक समीकरण र समसामयिक घटनाक्रमको समीक्षा गर्दै पार्टीको आन्तरिक तथा बाह्य रणनीति तय गरिने छ । एमालेले यही पुस २७ देखि २९ गतेसम्म काठमाडौंमा दोस्रो केन्द्रीय कमिटी बैठक बोलाएको छ । उक्त बैठकमा पेस गरिने प्रस्तावहरूलाई अन्तिम रूप दिने कार्यसूची समेत आजको सचिवालय बैठकमा रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x