बिहिबार, जेष्ठ ७, २०८३
Thursday, May 21, 2026

सरकारलाई सदनप्रति जवाफदेही बनाउन हर्क निलम्बन हुन पनि तयार

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफुहरु निलम्बन हुन पनि तयार रहेको बताएका छन् ।

बुधबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफूहरुको विरोध आगामी दिनमा पनि निरन्तर हुने बताए ।

उनले भन्दै विरोध गरेकै कारण आफूहरूलाई निलम्बन हुन्छ भने त्यसका लागि पनि तयार रहेको बताए । सरकारलाई प्रश्न गर्न नदिनेगरि सभामुखले गरेको रुलिङको समेत आफूहरुको विरोध रहेको उनले बताए ।

उनले सार्वभौम संसद र संसद्को विधि–विधानका लागि निलम्बन हुन तयार रहेको धारणा राखे ।

सुकुमवासी, लिपुलेक, विदेशी ऋण लगायत विषयमा सोधिएको प्रश्नको जवाफ सरकारले नदिएको उनको आरोप छ ।

उनले जनताको प्रश्नको उत्तर नदिने गैरजिम्मेवार सरकारको मूल्याङ्कन जनताले गर्ने टिप्पणी पनि गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x