मङ्लबार, कार्तिक ११, २०८२
Tuesday, October 28, 2025

नेपाल कम्युनिस्ट पार्टी “विप्लव”द्वारा संघर्षका कार्यक्रमहरूकाे घोषणा

काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कात्तिक २० गतेसम्म जनसंघर्षका कार्यक्रमहरू घोषणा गरेको छ । असोज २५ देखि ३० गते केन्द्रीय कार्यालय कपिलवस्तुमा बसेको केन्द्रीय समितिको विशेष बैठकले जनसंघर्षका कार्यक्रम घोषणा गरेको हो ।

बैठकको निर्णयअनुसार कात्तिक १३ गतेसम्म भित्ते लेखन गर्नेछ । बैठकले सर्वपक्षीय अन्तरिम सरकार गठन गर, भ्रष्टाचारको निष्पक्ष छानबिन गर, उच्चस्तरीय छानबिन आयोग गठन गर, भ्रष्टाचारीहरूलाई कारबाही गर्न विशेष न्यायालय गठन गर, अग्राधिकारसहितको समाजवाद निर्माण गर, दलाल प्रकृतिका गैरसरकारी संस्थाहरू खारेज गर, जेनजीमाथि भएको दमनको निष्पक्ष छानबिन गर, युवाहरूका लागि रोजगारीको ग्यारेन्टी गर लगायतका नारा तय गरेको छ ।

बैठकले कात्तिक १५ गते देशव्यापी मसाल जुलुस प्रदर्शन गर्ने, कात्तिक १७ गते देशव्यापी विरोध प्रदर्शनसहित कोणसभा गर्ने र कात्तिक २० गते काठमाडौँमा बृहत् जनसभा गर्ने निर्णय गरेको छ ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले कात्तिक २० गते काठमाडौँमा आयोजना हुने जनसभामा सहभागी हुन स्वाधीनता र समाजवादका पक्षधरहरूलाई आह्वान गरेका छन् ।

उनले नेपाललाई अरूले नभई आफैँले फेर्ने हो भन्दै जब भ्रष्ट, कमिसनखोर, तस्करहरू समाप्त हुन्छन् तब देशले आत्मसम्मानसहित उन्नति हासिल गर्ने स्पष्ट पारेका छन् ।

‘नेपाललाई अरूले  होइन हामी आफैँले फेर्ने हो । अरूले होइन नेपालीले नै चलाउने हो । जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवीहरू समाप्त हुनेछन् देशले आत्मसम्मानसहित उन्नति हासिल गर्नेछ । स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौँमा भेटौँ साथीहरू’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x