आइतवार, बैशाख १३, २०८३
Sunday, April 26, 2026

नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको खेल रोमान्चक मोडमा

काठमाडाैं – कीर्तिपुरमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको खेल रोमान्चक मोडमा पुगेको छ।

नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याइरहेको यूएईले ३९.४ ओभरमा ७ विकेट गुमाएर १४० रन बनाएर खेलिरहेको छ।

अब यूएईलाई जितका लागि ६२ बलमा ६१ रन आवश्यक छ भने उसका केवल ३ विकेट मात्र बाँकी छन्। क्रिजमा निलांश केशवानी १२ रन र हैदर अली शून्य रनमा अविजित खेलिरहेका छन्।

नेपालका बलरहरूले कसिलो बलिङ गर्दै खेलमा फर्किने संकेत गरेका छन्। नेपालका लागि करण केसी र सोमपाल कामीले समान २–२ विकेट लिएका छन्।

त्यस्तै, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र ललित राजवंशीले १–१ विकेट हात पार्दै यूएईलाई दबाबमा राखेका छन्।

लक्ष्य पछ्याउने क्रममा यूएईका लागि हरप्रित सिंहले सर्वाधिक ३९ रन बनाए। त्यस्तै, कप्तान मोहम्मद वसिमले ३४ र अक्षदीप नाथले ३० रनको योगदान दिए। नेपालको उत्कृष्ट फिल्डिङ र बलिङका सामु यूएईका अन्य ब्याटरहरू क्रिजमा जम्न सकेनन्।

यसअघि पहिला ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २०० रनमा मेटिएको थियो। नेपाललाई सम्मानजनक योगफलसम्म पुर्‍याउन दीपेन्द्र सिंह ऐरीले ९० बलमा ५ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ७५ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले।

नेपालका लागि अन्य ब्याटरहरूमा कुशल भुर्तेलले २४, करण केसीले २२ र बसिर अहमदले २० रन जोडे। यूएईका बलर जुनैद सिद्धिकी र अजय कुमारले घातक बलिङ गर्दै समान ३–३ विकेट लिए भने खुजैमा तनवीरको नाममा २ विकेट रह्यो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x