विद्यार्थी सङ्गठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन
काठमाडौ – विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध गर्ने सरकारी घोषणाको विरोधमा काठमाडौँमा कालो बेलुन उडाएर प्रदर्शन गरिएको छ ।
नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संयुक्त रूपमा राजधानीमा विरोध प्रदर्शन गरेको हो ।
विद्यार्थी नेताहरूले विद्यार्थी सङ्गठनमाथिको प्रतिबन्धलाई अलोकतान्त्रिक र दमनकारी कदम बताएका छन् ।
नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य मात्रिका तिमिल्सिनाले मङ्गलवार शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थीलाई हिरासतमा लिएको घटनाप्रति पनि आपत्ति जनाइन् । उनले सरकारले सङ्गठनमाथि प्रतिबन्ध गर्ने घोषणा फिर्ता नलिए देशभर सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिइन् ।
उनले भनिन् ‘सरकारले विद्यार्थी सङ्गठनहरूमाथि प्रतिबन्धको घोषणा जुन पञ्चायतमा समेत भएन त्यसका विरुद्ध र नेपाल विद्यार्थी संघका केही साथीहरूले हिजो शान्तिपूर्ण आन्दोलन गर्दा उनीहरूलाई हिरासतमा राखेको छ । त्यसका विरुद्ध नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले संयुक्त आन्दोलन सुरु गरेका छौँ । आजैदेखि हामी यो आन्दोलनलाई सशक्त रूपमा अगाडि बढाउनेछौँ । यो सरकार आफैँमा नालायक छ, लाचार छ । सरकारले मनोमानी गरिरहेका छन् । गृहमन्त्रीले रजगजमा शासन गर्छ । माफियाहरूलाई संरक्षण गरिरहेको छ ।’
सरकार मनोमानी ढंगले शासन सञ्चालन गरिरहेको समेत उनको आरोप छ ।


WRITE COMMENTS FOR THIS ARTICLE