मङ्लबार, अशोज २७, २०८३
Tuesday, October 13, 2026

साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली लेखिका एनी कार्सनलाई

काठमाडौं – क्यानडाली कवि तथा निबन्धकार एनी कार्सनलाई यस वर्षको साहित्यतर्फको प्रतिष्ठित नोबेल पुरस्कार प्रदान गरिएको छ।

७६ वर्षीया कार्सन कविता, कथा–साहित्य र प्राज्ञिक अध्ययनबीचको सीमालाई जोड्ने आफ्ना विशिष्ट रचनाहरुका लागि विश्वभर प्रसिद्ध छन्।

नोबेल पुरस्कार समितिले कार्सनको साहसिक र रचनात्मक साहित्यिक कृतिहरुको प्रशंसा गर्दै भनेको छ,‘उहाँको कृतिहरुले शास्त्रीय परम्परासँग रोचक संवाद स्थापित गर्दै समकालीन साहित्यका लागि नयाँ रुप र आयामहरु खडा गरेका छन्।’

विश्व साहित्यको सबैभन्दा प्रतिष्ठित मानिने यो पुरस्कार लेखकको सम्पूर्ण जीवनको साहित्यिक योगदानलाई कदर गर्दै प्रदान गरिन्छ। यस पुरस्कारको साथ विजेताले १२ लाख अमेरिकी डलर राशि प्राप्त गर्नेछन्।

कार्सनका प्रमुख चर्चित रचनाहरुमा ‘द ग्लास एसे’, ‘अटोबायोग्राफी अफ रेडः अ नोभेल इन भर्स’, ‘नक्स’, ‘फ्लोट’ र ‘द ब्युटी अफ द हसब्यान्ड : ए फिक्सनल एसे इन २९ ट्याङ्गोज’ लगायतका कृतिहरु सामेल छन्।

साहित्य लेखनका साथै कार्सनले प्राचीन युनानी साहित्यको अनुवादमा पनि ठूलो योगदान पु¥याएकी छन्। उनी ३० वर्षभन्दा बढी समयसम्म प्राचीन युनानी तथा रोमन एवं संस्कृतिको प्राध्यापकका रुपमा कार्यरत रहेकी छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments