सुनको मूल्य दिनानुदिन उकालो लाग्दै
काठमाडौं- नेपाली बजारमा सुनको मूल्य तोलामा तीन लाख २८ हजार रुपैयाँ नाघेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँ कायम भएको हो। त्यस्तै, सुनको मूल्य प्रतिदश ग्राम दुई लाख ८१ हजार ७ सय २० रुपैयाँ निर्धारण गरिएको छ।
यसअघि आइतबार प्रतितोला तीन लाख २० हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य मंगलबार एकैपटक ८ हजार १ सय रुपैयाँले बढेको हो।
महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँ तथा प्रतिदश ग्राम ४ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँ थियो।
सार्वजनिक बिदा परेकाले सोमबार भने सुनचाँदीको मूल्य निर्धारण गरिएको थिएन।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्यमा परिवर्तन देखिएको महासंघले जनाएको छ।


WRITE COMMENTS FOR THIS ARTICLE