शनिबार, फाल्गुन १६, २०८२
Saturday, February 28, 2026

सार्वजनिक स्थान र खुला सडकमा भेला भएर होली पर्व मनाउन निषेध

काठमाडौं – होलीको दिन काठमाडौँमा सार्वजनिक स्थान र खुला सडकमा भेला भएर होली पर्व मनाउन निषेध गरेको छ ।

फागुन १८ मा नेपालीहरूले मनाउन लागेको रङहरूको पर्व फागु पूर्णिमा (होली) बारे सूचना प्रकाशन गर्दै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक ठाउँमा होली खेल्न प्रतिबन्ध लगाइएको जानकारी दिएको हो ।

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै आफ्नो घर कम्पाउन्डमा मात्रै होली खेल्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

मादक पदार्थको सेवन र बिक्री वितरणमा पनि स्थानीय प्रशासनले रोक लगाएको छ ।

त्यस्तै, होली खेल्दा राजनीतिक दलको चुनाव चिन्ह र उम्मेदवारका तस्बिर अंकित भेष्ट, टिसर्ट, कमिज र गम्छा जस्ता कपडा प्रयोगमा स्थानीय प्रशासनले पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x