नेपालमा राजसंस्था अतिआवश्यक भईसकेकाे रबिन्द्र मिश्रको दाबी
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रविन्द्र मिश्रले नेपालमा राजसंस्था अतिआवश्यक भईसकेको दाबी गरेका छन् ।
आईतवार काठमाडौंका पार्टीको उम्मेदवारहरुको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो जिकिर गरेका हुन् ।
वरिष्ठ उपाध्यक्ष मिश्रले सबै जातजाति, भाषाभाषी, धर्म संस्कृति, पार्टी, गुट, व्यक्ति सबैलाई छहारी दिएर देशलाई अघि बढाउन मुलुकमा राजसंस्था छहारी अतिआवश्यक भएको पार्टीको अडान राखे ।
उनले राप्रपाले मुलुकलाई राजसंस्थासहितको शासन व्यवस्था चाहिन्छ भनेर नयाँ समझदारीमा मुलुकलाई लैजानुपर्ने धारणा राख्दै आएको र त्यसमा सहमत भएर आम मतदाताले आफ्नो पार्टीलाई मतदान गर्नुको विकल्प नरहेको समेत बताए ।
वरिष्ठ उपाध्यक्ष मिश्रले राप्रपालाई मत नदिए मुलुक फेरि पनि संकटबाट मुक्त हुने अवस्था नआउने समेत बताए ।
वरिष्ठ उपाध्यक्ष मिश्रले नेपालमा राजसंस्थाको आलोचना गर्ने नेताहरुमा पनि मौनता देख्न थालिएको टिप्पणी समेत गरे ।


WRITE COMMENTS FOR THIS ARTICLE