बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

आजदेखि यू– १९ साफ महिला च्याम्पियनसिप, नेपाल भारतसँग भिड्दै

काठमाडाैं – देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदै छ ।

पोखरा रङ्गशालास्थित फुटबल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा बङ्गलादेश र भुटान अपराह्न १२ बजे भिड्दै छन् । यसैगरी घरेलु टोली नेपालले पनि आजै भारतसँग पहिलो खेल खेल्दै छ । नेपाल र भारत दिउँसो ३ बजे आमनेसामने हुँदै छन् ।

पोखरामा पहिलोपटक आयोजना भएको साफ महिला फुटबलमा चार देशले सहभागिता जनाएका छन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को समन्वय तथा अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन हुनेछ । जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्ने साफका महासचिव पुरुषोत्तम कट्टेलले जानकारी दिए ।

खेलअघिको पत्रकार सम्मेलनमा सहभागी चारै देशका प्रशिक्षक र टोलीका कप्तानले टोलीका युवा खेलाडीबाट राम्रो फुटबलको अपेक्षा गरिएको र उपाधि जित्ने योजना रहेको सुनाए ।

प्रतियोगिताको लिग चरणपछि शीर्ष दुई टोलीले २४ माघमा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितालाई दर्शकहरूको सहजताका लागि सामान्य प्यारापिटतर्फ २०० रुपैयाँ र भीआईपीतर्फ ५०० रुपैयाँको टिकटको व्यवस्था गरिएको एन्फाले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x