शनिबार, चैत्र ७, २०८२
Saturday, March 21, 2026

टी–२० विश्वकपको अन्तिम अभ्यास खेलमा नेपालको जित

काठमाडौं – आइसीसी पुरुष टी–२० विश्वकपको तयारीका क्रममा श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा जित निकालेको छ।

नेपालले श्रीलंका ‘ए’ टोलीलाई ७ विकेटले पराजित गरेको हो। यसअघि खेलेका दुवै अभ्यास खेलमा पराजित भएको नेपालले अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो।

श्रीलंका ‘ए’ ले दिएको १३३ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका लागि कुशल मल्लले ३५ बलमा ४९ रनको महत्वपूर्ण इनिङ खेले।

उपकप्तान दीपेन्द्र सिंह ऐरीले अन्तिममा विजयी चौका प्रहार गर्दै १५ बलमा २२ रनमा अविजित रहे। आरिफ शेखले २२ बलमा २४ रन बनाउँदा कप्तान रोहितकुमार पौडेलले १९ रन जोडे। ओपनर आशिफ शेख ११ रनमा आउट भए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x