शनिबार, फाल्गुन ३०, २०८२
Saturday, March 14, 2026

सहकारीलाई एकभन्दा बढी शाखा बन्द गर्न निर्देशन

काठमाडाैं – सहकारी विभागले बहु-शाखा सहकारीहरूलाई शाखा बन्द गर्न कडा निर्देशन जारी गरेको छ। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिस कार्यान्वयन गर्न राष्ट्रिय सहकारी महासंघ तथा विषयगत केन्द्रीय संघहरूलाई पत्राचार गर्दै विभागले यस्तो निर्देशन दिएको हो।

सहकारी विभागका शाखा अधिकृत सरोज भुसालका अनुसार ६ बुँदे निर्देशन जारी गरिएको छ, जसमा मुख्य प्राथमिकताका साथ एकभन्दा बढी शाखा बन्द गर्ने विषय समावेश छ। परिपत्रको पहिलो बुँदामा नै एकभन्दा बढी शाखा सञ्चालन गरिरहेका सहकारी संस्थाहरूलाई हिसाब राफसाफ गरी ती शाखाहरू तत्काल बन्द गर्न/गराउन भनिएको छ।

यो निर्देशनअनुसार सहकारी संस्थाहरूले अब कुनै कम्पनी वा संगठित संस्थालाई सदस्य बनाउन पाउने छैनन्। प्राकृतिक व्यक्ति (व्यक्तिगत सदस्य) मात्र सहकारीको सदस्य हुन पाउने व्यवस्था कडाइका साथ लागू गर्न निर्देशन दिइएको छ।

त्यस्तै, एकै व्यक्तिलाई एउटा वा बढी तमसुकबाट दिइने कुल ऋण लगानी संस्थाको कुल सेयर पुँजीको १० प्रतिशतभन्दा बढी हुन नदिने व्यवस्था गर्नुपर्ने निर्देशन छ। यसले सहकारीमा एकल व्यक्ति वा समूहको अत्यधिक नियन्त्रण रोक्ने लक्ष्य राखेको छ।

बचत तथा ऋण सहकारी संस्थाहरूले आफ्नो प्रयोगका लागि बाहेक बिक्री प्रयोजनका लागि जग्गा खरिद गर्न नपाउने भएका छन्। घर-आवास नभएका सदस्यहरूलाई आवास निर्माण प्रयोजनका लागि अधिकतम १००० वर्ग मिटरसम्म मात्र जग्गा खरिद गर्न ऋण दिन सकिने व्यवस्था गर्न भनिएको छ।

यसबाहेक, एकै उद्देश्य वा क्षेत्रमा कुल ऋण लगानीको २५ प्रतिशतभन्दा बढी गर्न नपाउने र कर्जा-निक्षेप अनुपात अधिकतम ९० प्रतिशतसम्म मात्र राख्नुपर्ने निर्देशन पनि जारी गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x