मङ्लबार, माघ २०, २०८२
Tuesday, February 3, 2026

आायाेगले उम्मेदवारको नामावली आज प्रकाशन गर्दै

काठमाडौं – आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली बिहीबार प्रकाशन हुने भएको छ ।

निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा बुधबार उजुरी दिने कार्यतालिका थियो । उक्त उजुरीउपर जाँचबुझ एवं आवश्यक निर्णय गरी बिहीबार ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । उम्मेदवारी दिएका पाँच उम्मेदवारविरुद्ध उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार, भक्तपुर, सुनसरी, रौतहट र कैलालीबाट उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी परेको हो।

माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ । सोही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको हो । आयोगमा अहिलेसम्म प्राप्त जानकारी अनुसार पुरुष ३ हजार ८९, महिला ३ सय ९६ र तेस्रो लिङ्गी एक गरी ३ हजार ४ सय ८६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x