बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

महानगर भित्रका नदी किनारमा भवन निर्माण अनुमति खुला

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँ–बायाँ क्षेत्रमा भवन निर्माण अनुमति अब रोक्का नरहेको स्पष्ट पारेको छ । सर्वोच्च अदालतको पछिल्लो आदेशका आधारमा महानगरले यससम्बन्धी सार्वजनिक सूचना जारी गर्दै निजी जग्गामा भवन निर्माण अनुमति तथा निर्माणाधीन संरचनामा रोक नलगाइने जनाएको हो ।

महानगरपालिकाका अनुसार उत्प्रेषणसम्बन्धी मुद्दामा २०८० मंसिर १ गते भएको फैसलालाई आधार मानी २०८१ साउन २४ गते प्रमुखस्तरीय निर्णयमार्फत नदीको नापी नक्साबाट कायम रहेको छेउदेखि दायाँ–बायाँ मन्त्रिपरिषदाबाट २०६५ मंसिर १ मा तोकिएको मापदण्डभन्दा थप २० मिटर जग्गामा भवन निर्माण अनुमति नदिने तथा निर्माण कार्य रोक्का गर्ने निर्णय गरिएको थियो ।

तर गत माघ ४ गते सर्वोच्च अदालतको संयुक्त इजलासले उक्त निर्णयको केही अंश उल्ट्याउँदै मन्त्रिपरिषदबाट २०६५ मंसिर १ गते निर्धारण गरिएको मापदण्डको अधीनमा रही मात्र कार्य गर्नुपर्ने आदेश दिएको छ ।

अदालतले थप २० मिटर क्षेत्रलाई स्वतः निर्माण निषेधित क्षेत्र घोषणा गर्ने र त्यसभित्र नक्सा पास रोक्ने व्यवस्था कानून र न्यायको रोहमा नमिल्ने ठहर गरेको हो ।

सर्वोच्च अदालतको आदेशअनुसार अब महानगर क्षेत्रमा नदी तथा सहायक नदीको हकमा मन्त्रिपरिषदबाट तोकिएको मापदण्डभन्दा बाहेक थप दूरीका आधारमा निजी जग्गामा भवन निर्माण अनुमति रोक लगाउन नपर्ने स्पष्ट गरिएको छ । साथै, हाल निर्माण भइरहेको संरचनामा पनि रोक्का नराखिने महानगरले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x