कांग्रेसको विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच दोस्रो चरणको वार्ता शुरू
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच दोस्रो चरणको वार्ता शुरू भएको छ ।
मंगलबार दिउँसो दोस्रो चरणको वार्ता शुरू भएको विशेष महाधिवेशन पक्षधरका नेता एवं वार्ता समितिका सदस्य देवराज चालिसेले जानकारी दिए ।
वार्तामा संस्थापन पक्षका नेता रमेश लेखक भने आइपुगिसकेका छैनन् ।
मंगलबार बिहानको छलफलमा विशेषपक्षधारले विशेष महाधिवेशनको स्वामित्व पार्टीले लिनुपर्ने, आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन गर्न नहुने, टिकटमा सभापति शेरबहादुर देउवाको नभई पूर्णबहादुर खड्काको हस्ताक्षर हुनुपर्नेसहितका माग राखेका थिए । तर, संस्थापनपक्ष कार्यसम्पादन समितिको बैठकबाट दुईपटक औचित्यहीन भनेर गरेको निर्णयलाई उल्ट्याउने पक्षमा छैनन् ।
बिहान भएको पहिलो चरणको वार्तामा दुवै पक्षले आफ्ना नेताहरूलाई ब्रिफिङ गर्ने भन्दै छुट्टिएका थिए ।
नीति र नेतृत्व फेर्ने अडानमा महाधिवेशन पक्षधर छन् ।
संस्थापन पक्षले भने वार्तामार्फत समस्या समाधान गर्ने र तोकिएकै मितिमा नियमित महाधिवेशन गर्ने भनिरहेको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE