बुधबार, माघ १४, २०८२
Wednesday, January 28, 2026

वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी

वीरगञ्ज – जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति सुरक्षालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका विभिन्न संवेदनशील क्षेत्रहरूमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार सोमबार दिउँसो १:०० बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि यो निषेधाज्ञा जारी गरिएको हो।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी गरिएको आदेश अनुसार, तोकिएका क्षेत्रहरूमा हुलदङ्गा वा अशान्ति हुन नदिन कुनै पनि किसिमका भेला हुन, सभा, सम्मेलन, जुलुस निकाल्न तथा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ। प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) को अधिकार प्रयोग गर्दै यो आदेश जारी गरेको हो।

निषेधाज्ञा लागू हुने चार किल्लाहरू यस प्रकार छन्:
पूर्व: बसपार्क
पश्चिम: सिर्सिया पुल
उत्तर: पावर हाउस चोक
दक्षिण: शंकराचार्य गेट
प्रशासनले जारी गरेको यस आदेशको उल्लंघन गर्ने वा अटेर गर्ने जो कोहीलाई नियन्त्रणमा लिई कानुन बमोजिम कडा कारवाही गरिने चेतावनी समेत दिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x