सोमवार, बैशाख २८, २०८३
Monday, May 11, 2026

महामन्त्रीद्वयले विशेष महाधिवेशनको लागि हल बुकिङ्ग गरे

काठमाडौं –  नेपाली कांग्रेसको विशेष महाधिवेशनको लागि भन्दै हल बुकिङ गरिएको छ । विशेष महाधिवेशन पक्षधरले बुधबार भृकुटीमण्डपमा पुगेर हल बुकिङ गरेको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन् ।

‘हिजो (बुधबार) हल बुकिङ गरियो । आज अन्य प्रक्रिया मिलाइँदैछ’ उनले भनिन् ।

कांग्रेसमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायतले विशेष महाधिवेशनलाई जोड दिँदै आएका छन् । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएर विशेष महाधिवेशनको माग गरेका थिए ।

यसअघि बुधबार महामन्त्री थापाले पुस मसान्तभित्र महाधिवेशन बाध्यकारी रहेको बताएका थिए । सभापति शेरबहादुर देउवाले भने विशेष महाधिवेशन गर्न नसकिने बताएका छन् ।

नियमित महाधिवेशनको मिति तोकिए पनि नहुने पक्का भइसकेपछि महामन्त्रीहरूले विशेष महाधिवेशन बाध्यकारी भएको बताएका छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x