नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी
काडमाडाैं – नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । उनलाई आज शपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालय हाल प्रधानमन्त्री सुशीला कार्की आफैंले सम्हाल्दै आएकी छिन् ।
उनको विज्ञतालाई समेत ख्याल गरेर परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको प्रधानमन्त्री निकट स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।
को हुन् बालानन्द शर्मा ?
पूर्वरथी शर्मा सेना समायोजन विशेष समिति सचिवालयको संयोजक समेत बनेका थिए । नेपाली सेनामा माओवादी लडाकुहरुको समायोजनको कुशल डिजाइनरका रुपमा उनलाई चिनिन्छ ।
राजनीतिक दबाबका बीच ३० हजार माओवादी लडाकूलाई घटाएर १५ सयभन्दा थोरैलाई मात्र समायोजनमा पार्नु र स्वेच्छिक अवकास रोज्नेहरुलाई निश्चित रकम दिएर घर फर्काउने काममा उनले महत्वपूर्ण भूमिका खेलेको बताइन्छ ।
प्रधानमन्त्री नेतृत्वको सेना समायोजन विशेष समितिको सचिवालय संयोजकको सफल नेतृत्व गरेका उनलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले कोभिड–१९ निर्देशक समितिअन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखको जिम्मेवारी समेत दिएको थियो ।


WRITE COMMENTS FOR THIS ARTICLE