संसद् विघटन असंवैधानिक, विरोध गर्छौँ : कांग्रेस
काठमाडौं – नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक भएको ठहर गरेको छ।
आज पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले संसद् विघटन असंवैधानिक भएको भन्दै विरोध गर्ने निर्णय भएको सहमहामन्त्री जीवन परियारले बताएका हुन्।
बैठकले संसद् विघटनको विषयमा अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ।
बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जेनजी आन्दोलनको क्रममा भएको तोडफोड, आजगजी र लुटपाटको निन्दा र भर्त्सना गरेको बताए।
उनले भने, ‘घटनाको छानबिन गरी दोषीलाई कारबाहीमा ल्याउनको लागि उच्च स्तरीय न्यायिक छानबिन आयोग गठनको माग गर्दछौ।’
त्यस्तै कांग्रेसले तत्काल कसैलाई पनि कार्यवाहक सभापति नदिने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले तत्काल कसैलाई कार्यवाहक सभापतिको जिम्मेवारी नदिने र विशेष महाधिवेशन पनि नगर्ने निर्णय गरेको हो।
यी विषयमा सभापति शेरबहादुर देउवा स्वस्थ भएपछि केन्द्रीय समिति बैठक बोलाउने र त्यही बैठकमा छलफल गर्ने निर्णय भएको सहमहामन्त्रीपरियारले बताएका छन्।


WRITE COMMENTS FOR THIS ARTICLE