बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

जंगीअड्डा बाहिर भेला भएका युवालाई सेनाले हटायो

काठमाडौं – नेपाली सेनाको मुख्यालय जंगीअड्डा बाहिर युवाहरु भेला हुने क्रम बढेपछि सेनाले उनीहरुलाई सुरक्षित स्थानमा जान निर्देशन गरेको छ ।

जंगीअड्डा बाहिर भेला भएर युवाहरुले नाराबाजी गर्न थालेपछि सेनाले माइकिङ गर्दै तुरुन्त सुरक्षित स्थानमा जान निर्देशन दिएको हो ।

जंगीअड्डा बाहिर विभिन्न जेनजी समुह र हर्क साम्पाङका समर्थन भेला भएका थिए । त्यस्तै ठुलो संख्यामा मिडियासमेत भेला भएपछि सेनाले उनीहरुलाई हटाउन शुरु गरेको छ ।

भेला भएका युवाहरुले आफुहरुले जेनजी समुह भएको भन्दै वार्ता गर्न जाने भनेपछि युवाहरुको अर्को समुहले विरोध गरेको छ । त्यस्तै हर्क साम्पाङ समुहका युवाहरुले भने जेनजी समुहले प्रस्ताव गरेको सुशिला कार्कीको विरोध गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x