बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नयाँ संसद् भवनको ‘कन्फ्रेन्सिङ सिस्टम’बारे आज परीक्षण गर्दै

काठमाडौं – नयाँ संसद् भवनको ‘कन्फ्रेन्सिङ सिस्टम’बारे आज परीक्षण गर्दै ‘डेमो’ प्रदर्शन गरिएको छ । सिंहदरबारभित्रै बनिरहेको संसद् भवनमा आधुनिक प्रणाली जडान गरिँदैछ ।

विभिन्न देशमा प्रयोग भएको अत्याधुनिक प्रणाली नै नेपालको संसद्मा प्रयोग गरिएको शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले जानकारी दिए । “नयाँ संसद् भवनमा प्रविधिका बारेमा आज उपप्रधानमनत्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई ब्रिफिङ गरिएको छ । संसद् भवनमा राखिएको कन्फ्रेन्सिङ सिस्टमले कसरी काम गर्छ ? परीक्षण पनि गरियो,” शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले भने ।

प्रतिनिधिसभामा ३५४ वटा र राष्ट्रियसभामा ९४ वटा उपकरण हरेक टेबलमा जडान हुनेछन् । नयाँ संसद् भवनमा जडान हुने प्रविधि अहिलेको संसद् भवनको भन्दा आधुनिक हुनेछ । जसमा आफ्नो कुर्सीमा जडित उपकरणबाट मतविभाजनका क्रममा मत दिन सकिने, संसद्मा प्रस्तुत विधेयकहरु र अन्य ‘डकुमेन्ट’ सिधै उपकरणमा हेर्न मिल्नेछ भने संसद्को क्यामेरा सिस्टम पनि डिभाइसमा आधारित हुनेछ ।
संसद् भवनको निर्माण कार्यसँगै संसद्भित्रको प्राविधिक पक्ष उन्नत बनाउनुपर्नेमा उपप्रधानमन्त्री सिंहले जोड दिएका छन् । नयाँ प्रविधिले संसद्को कामकारबाहीलाई सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

नयाँ संसद् भवनको कन्फ्रेन्सिङ सिस्टमबारे उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री सिंहसहित सङ्घीय संसद्का महासचिव, सचिव, सचिवालयका प्रतिनिधिहरुबीच नयाँ प्रणालीले कसरी काम गर्छ भनेर परीक्षण गरेर देखाइएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x