प्रचण्डले मोहन वैद्य निवासमा पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिए

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
टोखा हाइटस्थित निवासमा पुगेर प्रचण्डले नेता वैद्यको स्वास्थय अवस्थाबारे जानकारी लिएका हुन् । प्रचण्डले वैद्यकै निवासमा पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनले भनेका छन्, ‘आज कमरेड मोहन वैद्य ‘किरण’ जीसँग भेट्न उहाँकै निवासमा गएँ। स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको देख्दा खुशी लाग्यो । उहाँको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु ।’
उनी लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगबाट ग्रसित छन् । यसअघि छातीमा सङ्क्रमण भएपछि गत असारमा वैद्य करिब एक महिना महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारपश्चात् डिस्चार्ज भएका थिए ।
WRITE COMMENTS FOR THIS ARTICLE