बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अदालतकाे फैसलालाई चुनौती दिँदै चिकित्सकहरू आन्दोलनमा

काठमाडौं – नेपाल चिकित्सक संघले आगामी सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ ।

उपचारमा लापरबाही गर्ने स्वास्थ्य संस्था तथा चिकित्सकहरुलाई अदालतले क्षतिपूर्ति भराउने फैसला गरेसँगै त्यस्तो फैसलालाई नै चुनौती दिँदै चिकित्सक संघ आन्दोलित बनेको हो ।

संघका महासचिव डा. सञ्जीव तिवारीले एक बक्तब्य जारी गर्दै आफूहरूको मागका सम्बन्धमा संघका कार्यालयहरू मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको जनाएका छन् ।

आन्दोलनको कार्यक्रम अन्तर्गत कार्यस्थलमा एक घण्टा धर्ना दिने, २४ गते नेपाल मेडिकल काउन्सिललाई आफूहरूको प्रमाणपत्र बुझाउने विज्ञप्तिमा उल्लेख छ । संघको अगुवाइमा भएका आन्दोलनमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न ९ वटा संघसंस्थाले ऐक्यबद्धता जनाएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x