बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

निजामती विधेयक प्रति असहमति जनाउँदै प्रभु साहले बिधेयक च्याते

काठमाडौं, – सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि असहमति प्रकट गर्दै आम जनता पार्टीका सांसद प्रभु साहले सो बिधेयक च्यातेका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आजको प्रतिनिधि सभा बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे पछि छलफलमा सहभागी भएका साहले सो बिधेयक च्यातेका हुन् ।

मन्त्री गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफलका लागि संसद्‌मा प्रस्तुत गरेका थिए । सो विधेयकमा अमनलाल मोदी, जनार्दन शर्मा, प्रभु साहलगायतले  आफनो धारणा राखिसकेका छन ।

सो बिधेयक तल्लो तहमा कार्यरत कर्मचारीको पक्षमा नभएको भन्दै सांसद साहले बिधेयक च्यातेर बैठकबाट बाहिरिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x