शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा, ३३ करोड बिगो दाबी

काठमाण्डाैं – नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार स्रोतले जनाएको छ।

सरकारले गत वर्ष भदौमा पहाडीलाई नेपाल दुरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो।

भ्रष्टाचारको आरोप बिलिङ प्रणालीको मर्मतसम्भारको ठेक्का लम्ब्याउने क्रममा भएको अख्तियारले जनाएको छ।

अख्तियारले प्रतिवादीविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ । बिगोबमोजिम कैद र जरिवानासमेत मागदाबी गरिएको छ । त्यस्तै बिलिङ प्रकरणमा ९ करोड ८८ लाख रुपैयाँ हानिनोक्सानी गरेको देखिएकाले हानिनोक्सानी गरेबराबरको रकम असुल उपर गर्नसमेत अख्तियारले मागदाबी गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x