बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सार्वजनिक यातायात व्यवसायीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरे

काठमाडौं – सार्वजनिक यातायात व्यवसायीहरुले आज दोस्रो दिनपनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । देशव्यापी आन्दोलन घोषणा गरेका यातायात व्यवसायीहरुले आइतबार दिउँसो माइतीघर बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् ।

हिजो काठमाडौं उपत्यकामा एक घण्टा चक्का जाम गरेका व्यवसायीहरूले आज ब्यानर तथा प्ले कार्डसहित प्रदर्शन गरेका हुन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि आफुहरुको लगानी संकटमा परेको यातायात व्यवसायीहरुको भनाई छ ।

विभिन्न् ७ बुँदे माग राखि आन्दोलनमा उत्रिएका उनीहरुले सोमबारदेखि देशभरको यातायात ठप्प पार्ने निर्णय गरेका छन् । सरकार आफ्नो निर्णयबाट पछि नहट्ने अडानमा छ भने व्यवसायी निर्णय फिर्ता नहुँदासम्म आन्दोलन नछोड्ने बताइरहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x