पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा २ र डिजल र मट्टीतेलमा भने १ रुपैयाँले मूल्य वृद्धि भएको हो । वृद्धि भएको मूल्य शनिबार राति १२ बजेबाट लागू भएको छ ।
यससँगै अब काठमाडौंमा पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १५९ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य १५८ रुपैयाँ पर्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चारआली, विराटनगर, अमलेखगञ्ज, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी, वीरगञ्जमा भने पेट्रोलको मूल्य १५६ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE