बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

विपक्षी दलहरूकाे अवराेध पछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं- विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् अवरोध गरेका छन्।

विपक्षी दलहरूको अवरोधपछि स्थगित भएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन। भिजिट भिसाका नाममा भएको अर्बौँ अवैध असुली प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीहरूले सदन चल्न दिएका छैनन्।

बैठक सुरु हुनसाथ आफ्नो कुरा राखेर विपक्षीहरू माओवादी केन्द्र, रास्वपा, राप्रपालगायतले बैठक चल्न दिएनन्। त्यहीबीच सभामुख देवराज घिमिरेले सत्तारुढ कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न दिएपछि थप आक्रोशित हुँदै विपक्षीहरू नाराबाजी गरे।

विपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने भन्दै संसद् अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन्।

गृहमन्त्री लेखकमाथि छानबिन आयोग गठन नगरेसम्म संसद् अवरोध जारी रहने रास्वपाका सांसद शिशिर खनालले बताए।

भिजिट भिसामा विदेश जानेहरूसँग ‘सेटिङ’ मिलाएर रकम लिने कार्यमा सचिवालय संलग्न रहेको आरोप लागेपछि लेखक विवादमा तनिएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x