बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

‘जनतासँग माओवादी जनजागरण अभियान’ सुदूरपश्चिमबाट भोलि देखि शुरू हुने

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ शुरू गर्दैछ ।

सुदूरपश्चिमको बैतडीस्थित पाटनबाट शुरू हुने अभियान भोलि (शुक्रबार) उद्‌घाटन गरिनेछ । जेठ महिनाभरि अभियान सञ्चालन गर्ने लक्ष्य माओवादीको छ ।

कार्यक्रमको स्वरूपअनुसार मध्यपहाडी लोकमार्गमा पर्ने स्थानहरूमा पार्टीका प्रत्येक प्रदेश समितिले १/१ स्थानमा जनसभा आयोजना गर्नेछन् ।

Advertisment
त्यस्तै, जिल्ला समन्वय समितिहरूले १/१ स्थानमा जनसंवाद कार्यक्रम सञ्चालन गर्नेछन्।

कोशी प्रदेशका जिल्लाहरूमा हाल भइरहेको जनसभाहरूलाई यसै अभियानको हिस्सा बनाइनेछ भने बाँकी जिल्लाहरूमा उपयुक्त समयमा जनसभाहरू गरिने माओवादीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अभियानमार्फत माओवादीले पुष्पलाल लोकमार्गसँग जोडिएका जनसमुदायसँग प्रत्यक्ष संवाद, राजनीतिक सन्देश प्रसार, तथा स्थानीय समस्या पहिचान गर्न खोजेको जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x