शुक्रबार, फाल्गुन २९, २०८२
Friday, March 13, 2026

१४ महिनापछि किस्तीमा राखेर धुमधामसँग देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्छु-प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताएका छन् ।

बिहीवार काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले देश विकासको योजना बनाउने काममा कतिपयले मौका नपाएको र कतिले बारम्बार मौका पाएको बताए ।

उनले कतिपयले बारम्बार योजना बनाउन मौका पाएझैँ कांग्रेस सभापति देउवालाई अबको १४ महिनापछि आफूले लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर धुमधामसँग हस्तान्तरण गर्ने बताए ।

‘सबैले एकै ठाउँमा मौका पाउँदैनन् । कसैले पटक पटक पाउँछन् । अब शेरबहादुरजी पाँच पटक प्रधानमन्त्री हुनुभयो । मौका उहाँलाई जुर्छ क्या त्यो । के गर्नु ? अब फेरि जुर्नेवाला छ,’ प्रधानमन्त्री ओलीले भने, ‘मैले १४ महिनापछि शेरबहादुरजीलाई लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर बकाइदा धुमधामसँग हस्तान्तरण गर्छु ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x