शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

चारदेशीय टी–२० सिरिजमा आज नेपालले कुवेतसँग फाइनल खेल खेल्दै

काठमाडौं, :  हङकङमा जारी चारदेशीय टी–२० सिरिजमा आज नेपालले फाइनल खेल खेल्नेछ ।

शनिबार आयोजक राष्ट्र हङकङविरूद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल रन रेटका आधारमा फाइनल पुगेको हो। आज नेपालले यसअघि पराजित गरेको टिम कुवेतसँग फाइनल खेल खेल्नेछ ।

हिजो खेलमा ९ ओभरमा हङकङले ३ विकेट गुमाएर ६८ रन बनाएको थियो। त्यसपछि वर्षाका कारण खेल रोकिँदै रद्द भए पछि नेपाल स्वतः फाइनलमा पुगेको हो ।

लिग चरणमा अपराजित नेपालले सुरुवाती दुई खेलमा कतार र कुवेतलाई हराउँदै र लिगको अन्तिम खेलमा हङकङ विरुद्धको बर्षाका कारण रद्द भए पनि  तीन खेलबाट ५ अङ्क जोड्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ।

यता, हिजो कतारलाई पराजित गरेको कुवेतले पनि फाइनलमा स्थान पक्का गरेर नेपालसँग भिडन आएको हो। समूह चरणमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको थियो। त्यसअघि कतारलाई ८ विकेटले पराजित गरेको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x