रवि लामिछाने भैरहवा कारागार चलान

रुपन्देही : बुटवलको सुप्रिम सहकारी प्रकरण मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यलय रुपन्देहीले अदालती प्रकिृया पुर्याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो ।
जिल्ला प्रहरी कार्यलय रुपन्देहीका डीएसपी सुरज कार्कीले सबै अदालती प्रकृया पुर्याएर कारागार पठाइएको बताए ।
गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । उच्चको आदेशसँगै लामिछाने पक्राउ परेका थिए ।
WRITE COMMENTS FOR THIS ARTICLE