प्रधानमन्त्री ओलीले नेकपा एकीकृत समाजवादीको कार्यालयमा कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिए

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालय पुगेर दिवंगत नेता एवम् लेखक कमल कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका छन्।
२०७८ सालमा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको कार्यालय आलोकनगर पुगेर लेखक तथा वाम आन्दोलनका अगुवा नेता कोइरालाको पार्थिक शरीरमा ओलीले श्रद्धान्जली दिए ।
कोइराला नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार हुन् ।
ओलीले श्रद्धाञ्जली अर्पण गर्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सँगै थिए ।
२०७८ भदौमा एमाले विभाजन गरेर नयाँ दल खोलेयता पहिलो पटक ओली समाजवादीको कार्यालय पुगेका हुन् । ओलीले त्यसक्रममा यही शुक्रबार राजावादीले तोडफोड र आगजनी गरेर पुर्याएको क्षतिको विवरणबारे पनि जानकारी लिएका छन् ।
WRITE COMMENTS FOR THIS ARTICLE