सोमवार, चैत्र ३, २०८१
Monday, March 17, 2025

नयाँ आइजिपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं–मन्त्रिपरिषद् बैठक आह्वान भएको छ।

सोमबार अपरान्ह ४ बजे बस्नेगरी बैठक आह्वान भएको एक मन्त्रीले जानकारी दिएका छन्।

आज बस्न लागेको बैठक नियमित हो।

बैठकका लागि केहीबेरअघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मन्त्रीहरूलाई खबर भएको छ।

आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ भने नेपाल प्रहरीमा आजबाट रिक्त हुन लागेको प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्ति गर्ने सम्भावना रहेको छ।

नेपाल प्रहरीका आइजिपी वसन्तबहादुर कुँवर आजदेखि अवकाशमा जाँदैछन्। आइजिपी कुँवर अवकाशमा जाने भएपछि आज बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको ३१ औँ महानिरीक्षक (आईजी)मा नयाँ आइजिपी नियुक्त गर्ने बताइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x