उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक साँझ ५ बजे बस्दै

काठमाडौं, – सरकारका प्रमुख घटक काँग्रेस-एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजेका लागि बैठक बोलाइएको हो ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा संलग्न दुवै दलका नेताहरू सहभागी हुने छन् ।
सरकार सञ्चालनका विषय र समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
WRITE COMMENTS FOR THIS ARTICLE