बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नागरिक समाजको रक्तदान कार्यक्रम अध्यक्षबाट शुरु भई सामाजिक अभियन्तावाट समापन

सामाजिक रुपान्तरणकालागि नागरिक समाजका अध्यक्ष याम बहादुर जि.सी. बाट शुरु भएको रक्तदान सामाजिक अभियन्तावाट समापन भएको थियो ।

मुलुकमा रक्त अभावमा हुनसक्ने जोखिमलाई न्यूनिकरण गर्ने कार्यमा रक्तदानको माध्यमबाट केहि हदसम्म भएपनि सहयोग गर्न सकिन्छ भन्ने उद्धेश्यले आयोजना गरिएको रक्तदान कार्यक्रममा समाजमा ख्यातिप्राप्त कलाकर्मी, कानुन व्यवसायी, सामाजिक अभियन्ता, साहित्यकार, स्वास्थ्यकर्मी लगायत व्यक्तित्वहरुले रक्तदान गर्नु भएको थियो ।

कलाकर्मी, कानुन व्यवसायी, सामाजिक अभियन्ता, साहित्यकार, स्वास्थ्यकर्मी लगायत व्यक्तित्वहरुको क्रियाशिलतामा बि.सं.२०६३ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा श्री यामबहादुर जि.सी.को अध्यक्षतामा स्थापना भएको सामाजिक रुपान्तरणका लागि नागरिक समाज बिगत १८ बर्ष देखि देशमा भईरहेको भ्रष्टाचार, कालोबजारी, गुणस्तरहिन अखाद्य वस्तु लगायत बिभिन्न विभेदका विरुद्ध आम जनचेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन गदै आएको छ । स्थापनाकाल देखि गरिव तथा दिनदुखीहरुको सेवामा निरन्तर सकृयता पूर्वक क्रियाशिल संस्था भएको जानकारी गराईएको थियो ।
संस्थाले विनासकारी भूकम्पले निम्त्याएको परिघटना होस् अथवा कोभिडको महामारीमा पनि विभिन्न संघ÷संस्थाको सहकार्यमा राहत वितरण गर्दै दिन दुखी श्रमिकवर्ग, कलाकर्मी, सञ्चारकर्मी, लगायतलाई सहयोग सामाग्री हस्तान्तरण गर्दै आएको पनि जानकारी गराएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x