स्टार्टअप र उद्यमशीलताले सरकारको ‘सहयोगबिना’ गति लिन सक्दैन-पूर्व गभर्नर डा. चिरन्जिवी नेपाल

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरन्जिवी नेपालले सरकारको ‘सहयोगबिना’ स्टार्टअप र उद्यमशीलताले गति लिन नसक्ने बताएका छन्। स्टार्टअपलाई सरकारको नीति, शिक्षा र तालिम, बैंकिङ सर्पोट आवश्यक हुने उनको भनाइ छ।
नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा आजबाट सुरु भएको नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलनमा ‘नवप्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक रुपान्तरण’ विषयक प्यानल डिस्कसनमा बोल्दै नेपालले उद्यमशीलता विषय प्रारम्भिक शिक्षाबाट नै हुनुपर्ने बताए।
स्टार्टअप र उद्यमशीलताका लागि सरकारको सहुलीयत कर्जा बढाउनु पर्ने बताए। सहुलीयतपूर्ण कर्जा केन्द्रीय बैंकबाट जान नसकेको बताउँदै नेपालले कर्जा प्रवाह बढाउनुपर्नेमा जोड दिए।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारले विभिन्न कानुन संशोधन हुने गरी अध्यादेश ल्याएपछि निजी क्षेत्र उत्साहित भएको बताउँदै श्रेष्ठले व्यवसायिमा नयाँ उर्जा पलाएको बताए। निजी क्षेत्रले धेरै वर्षदेखि उठाउँदै आएको मागलाई सरकारले सम्बोधन गरेको बताउँदै अध्यादेश पास भएपछि अर्थतन्त्र चलायन हुने उनको दाबी छ।
‘अध्यादेशमा केही अपुग कुराहरू पनि छन्। त्यस विषयमा अध्यादेश टेबल भैसकेपछि छलफल गरौँला’, श्रेष्ठले भने, ‘हामी हाम्रा सुझावहरू पनि पेस गर्ने छौँ।’ मुलुकको वर्तमान परिस्थितीलाई सुधान गर्न सबै एकजुट हुनुपर्ने उनले बताए।
उनले भने, ‘२०/४० प्रतिशतमा मात्रै उद्योग चलिरहेको छ। व्यवसाय सुस्ताएको छ। माग कम छ। व्यवसायिमा नैशास्यता छ। व्यवसायिको मनोदशा गम्भिर छ। मनोदशालाई परिवर्तन गर्न जरुरी छ। नीतिगत स्थिरता र निरन्तरता प्रमुख कुरा हो।’
राज्यले उद्योग व्यवसाय गर्ने नभई अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो। ‘व्यवसाय गर्दा राज्यलाई के फाईदा दियो त्यो हेर्ने, हो नाफा हेर्ने होइन। हाम्रो पनि व्यवसायिक धर्म हो। हामी नाफा हेर्छौं। उचित र अनुचित नाफामा सरकारले हेर्नुपर्छ’, श्रेष्ठले भने। उद्यमशीलता विषय घरबाटै सिकाउनु पर्ने श्रेष्ठको भनाइ छ। उद्यमशीलता पाठ्यक्रमा समावेश गर्नुपर्नेमा उनको जोड थियो।
नबिल बैंकका सिनियर सीसीओ मनोज ज्ञवालीले विश्वभर चलिरहेको स्टार्टअप ९० देखि ९५ प्रतिशत असफल हुने बताए। स्टार्टअप सुरु सुरुमै असफल हुने उनको भनाइ छ। बैंकले व्यापार असफलताको रिक्स लिन नसक्ने कारणले स्टार्टअपलाई बैंकहरूले लगानी नगर्ने बताए। स्टार्टअपहरूले बैंकहरू खोज्नेभन्दा पनि सरकारी श्रोतहरू खोज्नुपर्ने उनको सुझाव छ।
‘यदी स्टार्टअप गर्ने हो भने आफ्नो सञ्चित रकमबाट सुरु गर्नुहोस्। यदी पुगेन भने परिवारको सदस्यहरूबाट लिनुहोस्। त्यसले पनि पुगेको भने भेन्चर क्यापिटलहरूमा जानुहोस्। त्यसले पनि पुगेन भने सरकारमा पुग्नुहोस्। यति गरेपछि स्टार्टअप ग्रो हुन्छ र बैंक त्यसपछि तपाईको पछि पछि लाग्छ।’
त्यस्तै गोल्डस्टार सुजका कार्यकारी निर्देशक विदुषी रानाले उत्पादनमूलक क्षेत्रमा नेपालले लगानी बढाउन जरुरी रहेको बताइन्। नेपाली युवाहरूलाई शिप, तालिम प्रदान गरेर, नेपाली राखेर रोजगारी दिन सकिने उनको भनाइ छ। ‘व्यवसाय गर्न नेपालमा मात्रै नभएर विश्वमै चुनौती छ। तर, नेपालमा धेरै चुनौतीहरू छन्। जुनसुकै व्यवसायमा प्रविधिको अनिवार्य भैसकेको छ। यदी प्रविधिलाई प्रयोग गरिएनौं भनेपछि परिन्छ’, उनले भनिन्।
उत्पादनमूलक उद्योगलाई बैंकहरूले प्रवाह गर्ने कर्जा महंगो भएको रानाले बताइन्। ‘नेपालमा करिब १५ सय वटा फुटवेयर कम्पनीहरू छन्। करिब १५० कम्पनी मझौता र ४/५ वटा ठूला कम्पनी छन्। करिब ५० हजार जनालाई प्रत्यक्ष रोजगारी फुटवेयर उद्योगहरूले दिएका छन्। जसमध्ये ७५ प्रतिशत महिला जोडिएका छन्। नेपालबाट विदेश निर्यात हुने जुत्ताहरू मध्ये ९० प्रतिशत गोल्डस्टार रहेका छन्। पछिल्लो १० वर्षयता निर्यात गर्न गाह्रो भएको छ। बैंकको ब्याजदर महंगो छ। ट्रेडिङ र उत्पादनमूलक क्षेत्रमा व्याजदर फरक हुनुपर्छ।’ उत्पादनमूलक उद्योगलाई सरकारबाट प्रोरेक्सन हुनुपर्नेमा उनको जोड छ।
नास आईटीका उपाध्यक्ष गौरव पाण्डे युवालाई विदेश जान रोक्नुभन्दा पनि विदेसिएका युवालाई नेपाल फर्काएर व्यवसाय गर्नको लागि प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। आइटी क्षेत्रमा नेपालले धेरै अघि बढेको बताउँदै करिब १ लाख युवा यस क्षेत्रमा आवद्ध रहेको बताए। अबको १० वर्षमा ४ लाख युवालाई रोजगारी प्रदान गर्न सकिने र वार्षिक १० खर्ब विदेशी मुद्रा आर्जन गर्न सकिने बताए। यसका लागि सरकारको नीति, बैंकिङ सर्पोट महत्वपूर्ण हुने उनले बताए।
कार्यक्रमको सहजीकरण किङ्स कजेजका अध्यक्ष नारोत्तम अर्यालले गरेका थिए। आजबाट सुरु भएको सम्मेलन दुई दिनसम्म चल्नेछ। सम्मेलनमा ६ वटा विषयमा प्यानल डिस्कसन हुनेछन्।
WRITE COMMENTS FOR THIS ARTICLE