आज मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक आज बस्दै छ ।
दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो ।
बैठकमा विभिन्न मन्त्रालयका नियमित एजेन्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकले संघीय संसदको हिउँदे अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सम्भावनासमेत रहेको एक मन्त्रीले जानकारी दिए ।
माघ १८ गतेका लागि अधिवेशन बोलाउनेगरी तयारी भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन पहिले संसदको अधिवेशन उपयुक्त समयमा बोलाउने बताएका थिए ।
WRITE COMMENTS FOR THIS ARTICLE