आज उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने
काठमाडौं,– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।
महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरु लगायत उपत्यकाहरूमा हुस्सुरकुहिरो लागेको अवस्था छ ।
दिउँसो देशैभरका हिमाली, पहाडी र तराइको को मौसम मुख्यतया सफा रहने सम्भावना रहनेछ ।
आज राति भने गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंंशिक बदली रही फाटफूटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । तर, पहाडी र तराई क्षेत्रमा भने मौसम सफा रहने सम्भावना रहेको छ ।
बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
WRITE COMMENTS FOR THIS ARTICLE