बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

मधेसका विभिन्न ठाउँमा कुहिरोसँगै चिसो हावा, जनजीवन प्रभावित

काठमाडाैं, –  तराई मधेसका धेरै ठाउँमा कुहिरोसँगै चिसो स्याँठ चल्न थालेको छ । बाक्लो कुहिरो र हुस्सुका कारण तराई मधेसको जनजीवन प्रभावित बनेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले तराई मधेसका धेरै ठाउँ र काठमाण्डौ उपत्यकाको केही ठाउँमा हुस्सु तथा कुहिरो लागेको छ । काठमाण्डौको कुहिरो केहीबेरमा हटेर दिउँसो घाम लाग्दै जाने तर तराईमा अबेरसम्म रहने मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।कुहिरोसँगै चिसो स्याँठ पनि चल्न थालेको तराईका क्षेत्रमा स्थानियवासीको दैनिकीमा समस्या हुन थालेको छ । चिसोले चौपाया, पशुपन्क्षी तथा बालीनालीलाई पनि असर पुर्‍याएको छ । चिसोकै कारण अस्पतालमा बिरामीको सङ्ख्यामा चाप बढ्न थालेको छ ।

चिसोले विशेषगरी बालबालिका, वृद्धवृद्धा र सुत्केरी बढी प्रभावित हुने भएकाले साबधानी अपनाउन महाशाखाले अनुराेध गरेकाे छ। तराईमा चिसोसँगै शीतलहरबाट विगतमा कतिपयले ज्यान गुमाउने गरेका थिए । जल तथा मौसम पूर्वानुमान महाशाखाले यसवर्ष अहिलेसम्म आधिकारिक रुपमा शीतलहर चलिसकेको पुष्टि गरेको छैन ।आज कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x