बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

माओवादी पहिलो भए भ्रष्टाचार अन्त्य हुने ‘प्रचण्ड’को दाबी

काठमाडौं,- माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी पहिलो भए देशमा सुशासनको युग सुरु हुने बताएका छन् । एक खबरदारी सभामा उनले आफ्नो पार्टी पहिलो भए देशमा सुशासन कायम हुने र भ्रष्टाचार अन्त्य हुने दाबी गरेका हुन् ।

‘हामी सुशासनको पक्षमा र भ्रष्टाचार विरुद्ध काम गरिरहेका थियौँ तर सुशासन विरोधी र भ्रष्टाचारका पक्षपातीले काम गर्न दिएनन्,’ दाहालले भने, ‘अहिलेको सरकार सुशासनविरुद्ध र भ्रष्टाचारका पक्षमा काम गरिरहेको छ ।’

आफ्नो पार्टी सरकारमा आए गिरीबन्धु टी इस्टेट, ओम्नी र वाइडबडी खरिदलगायत प्रकरणका फाइलहरू खोलिने उनले बताए । यसका लागि माओवादी बलियो हुनुपर्ने उनको भनाइ छ । ‘गिरीबन्धुको फाइल खोलिनेछ, त्यसलाई लुकाउन दिइने छैन,’ अध्यक्ष दाहालले भने, ‘ओम्नी र वाइडबडीमा भएको भ्रष्टाचार पनि त्यतिकै छाडिने छैन, यो सबैका निम्ति माओवादी बलियो हुनुपर्छ ।’

अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा सुदूरपश्चिममा नदी नियन्त्रणदेखि विश्वविद्यालय स्थापनालगायत कामहरू गरेको बताए । यसका साथै सुक्खा बन्दरगाह निर्माण पनि आफ्नै पालामा अघि बढेको उनले दाबी गरे ।

भारत भ्रमणका बेला लिपुलेक, कालापानी र अन्य क्षेत्रका सीमा समस्याबारे समेत कुरा गरेको र समाधानका लागि भारत पनि सहमत भएको उनले बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x