स्थानीय विपद् जोखिम न्यूनीकरण सम्बन्धी संरचना बलियो र सक्षम बनाउन अत्यावश्वक छ : गृहमन्त्री लेखक
काठमाडौं,- गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरणका लागि निर्माण भइसकेका संरचनालाई बलियो बनाउन जरुरी रहेको बताएका छन्, बिहीबार काठमाडौँमा आयोजित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संस्थागत क्षमता तथा कार्य जिम्मेवारीलाई प्रभावकारी बनाउने उपायहरुबारेको छलफल कार्यक्रममा बोल्दै उनले संघदेखि स्थानीय तहसम्मका विपद् जोखिम न्यूनीकरण सम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताए ।
जोखिमको पहिचान गरेर आवश्यक संरचना निर्माण गर्न जरुरी रहेको बताए, ‘हामी विपद् जोखिमको पनि उच्च जोखिममा छौँ, हाम्रो भूगोल पनि विपद्को जोखिमकै स्थितिमा छ’, गृहमन्त्री लेखकले भने, ‘कतिपय प्राकृतिक जोखिम छन्, कतिपय मानव निर्मित जोखिम छन्,हामीसँग प्राधिकरण छ, प्राधिकरणलाई पनि बलियो बनाउन जरुरी छ। जनशक्तिका रुपले, आर्थिक रुपले, सूचना प्रणालीदेखि सबै विषयमा सक्षम बनाउन जरुरी छ। काुननीरुपले संरचना निर्माण गरेका छौँ तर अब ती संरचनालाई सबै किसिमले बलियो बनाउन जरुरी छ। समुदाय र वडामा रहेका विपद् जोखिम न्यूनीकरण सम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताए, उनले समुदायलाई बलियो नबनाएसम्म विपद् जोखिम न्यूनीकरण गर्न नसकिने समेत जिकिर गरे, विपद् जोखिमलाई न्यूनीकरण गर्नका निमित्त जति पनि संरचना हामीसँग छन्, तीनलाई बलियो र सक्षम बनाउन अत्यावश्वक रहेकाे उहाँकाे तर्क छ।
WRITE COMMENTS FOR THIS ARTICLE