अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आईपुगे
अमेरिकी सहायक परराष्ट्रमन्त्री डोनाल्ड लु आजबाट तीन दिने नेपाल काठमाडौँ आएका छन्। मध्यएसिया र एसिया क्षेत्र हेर्ने लु भारत र श्रीलंका भ्रमण सकेर नेपाल आएका हुन । आजदेखि ३ दिन नेपाल भ्रमणमा रहने लु २५ गते फर्किने कार्यक्रम रहेको छ ।
यस अघि नै लुले पाँच पटक नेपाल भ्रमण गरी सकेका अमेरिकी कुटनीत्रि हुन । एउटै कार्यकालमा यति धेरै नेपाल भ्रमण गर्ने लु पहिलो कुटनीतिज्ञ हुन । चिनियाँ मूलका अमेरिकी नागरिक लु नेपालमा रहँदा यहाँको पछिल्लो राजनीतिक घटनाक्रम, जलवायु संरक्षण, दिगो विकास, पर्यावरण संरक्षण, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र नेपालको समृद्धिमा सहयोग बढाउने विषयमा केन्द्रित हुने अमेरिकी परराष्ट्र मन्त्रालयले जनाएको छ। लुले नेपालमा रहँदा युवासँग साक्षात्कार गर्ने कार्यक्रम रहेको छ । नेपालमा एमसिसि पास गर्ने बेलादेखि नेपाल आउ जाउ गर्दै सक्रिय रहने गरेका थिए ।
WRITE COMMENTS FOR THIS ARTICLE