रास्वपा समर्थक र प्रहरीबीचको झडपका कारण चितवन तनावग्रस्त
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)समर्थक र प्रहरीबीचको झडपका कारण चितवन तनावग्रस्त भएको छ।
जिल्ला प्रहरी कार्यलय अगाडि रास्वपा समर्थकले प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेपछि झडप भएको हो। झडपमा प्रहरी तर्फ २० भन्दा बढी घाइते भएका छन् भने रास्वपाका ४० बढी कार्यकर्ता घाइते भएका छन्। उनीहरुको भरतपुर सामुदायिक लगायतका अस्पतालहरुमा उपचार भैरहेको रास्वपाका नेता मिलन लिम्बुले बताए।
प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि बल प्रयोग गर्नु परेको प्रहरीको दाबी छ । यता रास्वपाका कार्यकर्ताले भने प्रहरीले अनावश्यक बल प्रयोग गरेको बताएका छन्।
प्रहरीले प्रदर्शन नियन्त्रण गर्ने क्रममा लाठी चार्ज गर्नुका साथी पानीका फोहरा र अश्रुग्यास प्रहार गरेको थियो। केहीबेर तितरबितर भएका रवि समर्थकले फेरि प्रहरी कार्यालय अघि आएर नाराबाजी सुरु गर्न थालेका छन्।
WRITE COMMENTS FOR THIS ARTICLE