शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

रास्वपाले भेट्याे प्रधानमन्त्रीलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीलाई परियारले मङ्गलवार बिहान सिंहदरबारमा भेटेका हुन् ।

‘सन्तोषजीले मङ्गलवार बिहान सिंहदरबार आएर प्रधानमन्त्रीज्यूलाई भेट्नुभएको हो । भेटमा के कुराकानी भयो भन्ने जानकारी भएन’, प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘निजी काम हो वा पार्टीगत भन्ने उहाँलाई नै सोध्नुहोला ।’ भेटवार्ताबारे परियारसँग बुझ्न खोज्दा उनको मोबाइल अफ रहेको पाइयो ।

यसअघि पनि रास्वपाका उपसभापति डीपी अर्याल लगायतले प्रधानमन्त्री ओलीलाई भेटेका थिए । रास्वपाले रविमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै सरकारको आलोचनासहित आन्दोलन गर्दै आएको छ । संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा लामिछानेलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x