शनिबार, कार्तिक ३, २०८१
Saturday, October 19, 2024

सहकारी पीडितहरू र लामिछानेको समुह सडक सङ्घर्षको योजनामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्राउपछि पोखरामा रास्वपा कार्यकर्ता र सहकारी पीडितहरू आमनेसामने हुने स्थिति सिर्जना भएको छ।

लामिछानेको पक्राउविरुद्ध रास्वपा कार्यकर्ताहरूले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला, सहकारी पीडितहरूले पनि आफ्ना मागहरूलाई लिएर सडक सङ्घर्षको योजना बनाएका छन्।

रास्वपा कार्यकर्ताहरूले मानवअधिकार चोकमा बिहान ११ बजे रविको समर्थनमा प्रदर्शन गर्ने घोषणा गरेका छन्। उता सहकारी पीडितहरूले गैह्रापाटनमा शान्तिपूर्ण प्रदर्शन गर्ने तयारी गरेका छन्, जुन स्थान जिल्ला प्रहरी कार्यालय नजिक पर्छ।

सहकारी पीडितहरूले सामाजिक सञ्जालमार्फत गैह्रापाटनमा उपस्थितिका लागि आह्वान गरिरहेका छन्। सहकारी ठगीको शिकार बनेका पीडितहरू लामो समयदेखि न्यायको माग गर्दै आन्दोलन गर्दै आइरहेका छन्, र यसपटक पनि आफ्नो आवाज बुलन्द पार्ने उद्देश्यले प्रदर्शनको तयारी गरेका छन्।

पोखरामा सम्भावित तनावपूर्ण परिस्थितिलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रशासन कार्यालयले दुवै पक्षलाई प्रदर्शन नगर्न आग्रह गरे पनि दुबै पक्षले आ-आफ्ना प्रदर्शन स्थगित नगर्ने संकेत दिएका छन्।

अत्यधिक तनावको सम्भावना बढेसँगै, प्रशासनले पोखराको मुख्य स्थानहरूमा सुरक्षाकर्मीहरूको व्यापक परिचालन गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x