शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

धरहरा ९ वर्षपछि सर्वसाधारणका लागि खुला

राजधानीको सुन्धारास्थित धरहरा ९ वर्षपछि सर्वसाधारणका लागि खुला गरिएको छ।

सरकारले संविधान दिवसका अवसर पारेर सरकारले सर्वसाधारणका लागि धरहरा खुला गरेको छ ।  विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भ पुनःनिर्माण गरेर नौ वर्षपछि सर्वसाधारणका लागि खुला गरिएको हो ।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाध अधिकारीका अनुसार बिहीबारदेखि प्रत्येक दिन ६ सय जनाले निःशुल्क धरहरा चढ्न पाउनेछन्। ६ सयमा एक सय कोटा अपांगता भएका तथा वृद्धवृद्धाका लागि छुट्याइएको छ। प्रत्येक एक घण्टामा सय जनाले धरहरा चढ्नेगरी व्यवस्था मिलाइएको छ।

धरहरा चढ्नका लागि बुकिङ गर्न केन्द्रीय आयोजना कार्यान्वयन एकाइले धरहरा डट कम डट जिओबी डट एनपी नामक वेबसाइट खोलेको छ। वेबसाइटमार्फत बुकिङ गर्न सकिनेछ।

धरहरा निर्माण भने अझै पूर्ण रूपमा भने सकिएको छैन। ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x