सोमवार, मंसिर १, २०८३
Monday, November 16, 2026

एनपिएलमा आज जित्नैपर्ने दबाबका बीच लुम्बिनीसंग विराटनगर सामना गर्दै,

काठमाडाैं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज एउटा खेल हुँदैछ।

त्रिवि मैदान कीर्तिपुरमा शनिबार साँझ ५ बजे विराटनगर किंग्सले लुम्बिनी लायन्सको सामना गर्दैछ।

दुवै टोलीले लिग चरणको अन्तिम खेल खेल्दैछन्।

लुम्बिनीले प्लेअफमा स्थान बनाइसकेको छ।

उसले खेलेको ६ खेलमध्ये चार खेलमा जित र एक खेलमा अंक बाड्दै तालिकामा ९ अंक जोडेर दोस्रो स्थानमा छ।

त्यसकारण आज ऊ दबाबरहित हुँदै मैदान ओर्लने छ।

विराटनगरका लागि भने प्लेअफ सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाब छ।

विराटनगर ६ अंकसहित तालिकाको पाँचौं स्थानमा छ।

उसले आजको खेल जितेर मात्रै पुग्दैन।

लिगका बाँकी खेलको नतिजाले पनि विराटनगर प्लेअफमा पुग्ने नपुग्ने तय गर्नेछ।

लिग चरणका पूरै सात खेल खेलिसकेको सुदूरपश्चिमले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ।

अब बाँकी दुई स्थानका लागि काठमाडौं गोर्खाज, चितवन राइनोज तथा विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ।

अन्तिम खेलअघि काठमाडौं ८ अंकसहित तेस्रो स्थानमा छ। चितवन ७ अंकसहित चौथो र विराटनगर ६ अंकसहित पाँचौं स्थानमा छन्।

काठमाडौंले अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग खेल्नेछ। काठमाडौं पराजित भए पनि उसको प्लेअफ सम्भावना कायम रहनेछ। तर चितवन र विराटनगरका लागि भने अन्तिम खेल जित्नैपर्ने दबाब छ।

अझ विराटनगरका लागि जित निकालेर मात्र पुग्दैन बाँकी दुई टोलीको हारको कामना गर्नु पर्नेछ।

अन्तिम खेलमा चितवनले कर्णाली याक्स तथा विराटनगरले लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछन्।

तीनै टोलीको अन्तिम नतिजापछि शीर्ष चारको समीकरण पूरा हुनेछ। आवश्यक अवस्थामा नेट रनरेटले पनि प्लेअफ पुग्ने टोलीको टुंगो लगाउनेछ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments