मङ्लबार, कार्तिक १८, २०८३
Tuesday, November 3, 2026

एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने

काठमाडौं – आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिवि क्रिकेट मैदानमा आज ५ बजेबाट एनपीएलका खेलहरु सुरु हुँदैछन् ।

आजै प्रधानमन्त्री शाहले नेपाली क्रिकेटलाई शुभकामना पनि दिएका थिए ।

करिब एक महिनासम्म चल्ने प्रतियोगिताका लागि आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले व्यापक परिवर्तन ल्याएको छ ।

पहिलो पटक डीआरएस प्रणाली लागू गरिएको छ । यस्तै, विदेशी स्टार खेलाडीहरूको आगमनले प्रतियोगितालाई थप स्तरीय बनाएको छ ।
प्रतियोगितामा आठ टोली सहभागी छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments