नागिरक समाजकाे बाढी पिडीतलाई राहत बितरण
रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि राहत रकम जुटाउने क्रम जारी छ ।
यसैक्रममा सामाजिक रुपान्तरणकालागि नागरिक समाजले बिपतको समयमा गर्दै आएको राहत बितरणलाई निरन्तरता दिएको छ ।
लत्ता, कपडा लगायत अन्य सामग्री सहित रसुवामा बितरण गरिएको राहत सानै भएपनि पिडीत परिवार सम्म पुर्याएको हो ।
संस्थाले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको मानवीय सहायता अभियानलाई यसपटक पनि निरन्तरता दिएको राहत संकलन अभियानका संयोजक तथा संस्थाको उपाध्यक्ष कल्पना चापागाईंले बताईन् ।
संस्थाले अभियान अन्तर्गत रसुवाका विभिन्न प्रभावित क्षेत्रमा पुगेर बाढीपीडित परिवारलाई राहत सामग्री वितरण तथा स्थानीय तहलाई आवश्यक सामग्री हस्तान्तरण गरेको हो । राहत संकलनमा संस्थाकासल्लाहकारसंयाेजकडा सुन्दर थापाबाट २१ थान ब्लाङ्केटसल्लाहकार मनोहरि कँडेलबाट तीन थान ब्लाङ्केट, सल्लाहकार डा.जितेन्द्र घिमिरेबाट तीन थान ब्लाङ्केट, केन्द्रिय सदस्य तथा गायक मोडेल हिरा रणपालबाट बि.डाईमण्ड टेलर्स बागबजारबाट १३ थान पाईन्ट, २६ थान टिसर्ट तथा सर्ट, लायन राजेन्द्र अर्याल, रामचन्द्र अधिकारी, कलावती श्रेष्ठ, कल्पना चापागाई, अनाथ आश्रम कि सञ्चालिका रिता राईबाट दन्त मञ्जन, ब्रस, टिसर्ट, कुथा सलवार, म्याट्रेस, २ रोल लगायत दैनिक प्रयो हुने सामाग्रीहरु जुटाउनु भएको थियो । सल्लाहकार याम श्रेष्ठबाट १० थान म्याट्रेस उपलब्ध गराउनु भएको थियो । बाढी प्रभावित क्षेत्रमा राहत ढुवानीका लागि संस्थाका सदस्य लक्ष्मी बस्नेत पौडेलले सहकार्य गर्नु भएको संस्थाका अध्यक्ष याम बहादुर जि.सी.ले बताउनु भयो ।
अभियानका क्रममा विपत्तिमा परेका नागरिकलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउँदै उनीहरूको पीडामा साथ दिने प्रयास गरिएको संस्थाका अध्यक्ष यामबहादुर जि.सी. बताउँछन् । साथै आफ्नो क्षमताअनुसार निरन्तर सेवा र सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
सल्लाहकार समितिका संयोजक डा.सुन्दर थापा भन्छन् –कति आमाहरू आँसु चुहाउँदै कुखुराको भाले बेचेर पनि यो महाविपत्तिमा
सहयोग गरिरहेको देखिएको छ । विद्यालयका बालबालिकाले खाजाखर्च कटाएर पनि सहयोग सङ्कलन गरेको समाचारले मन छोएको छ ।

यस्तो बिपतको समयमा सबै नागरिक एकजुट भएर राहत संकलन तथा बितरणमा सहयोग गर्नु पर्छ ।
विपद्को कठिन घडीमा प्रभावित नागरिकको राहत तथा उद्धारमा आफ्नो तर्फबाट सहयोग पिडीत सम्म पुगोस् भन्ने उद्देश्यले आफैं राहत बितरणमा सक्रिय भएको बताउछिन् अर्का समाजसेवी तथा संस्थाका मानार्थ सदस्य कलावती
श्रेष्ठ ।
विभिन्न मानवीय सहायतामा प्रभावित क्षेत्रमा सक्रिय भएर काम गरिरहेको बताउँदै ‘विपद्को बेलामा सहयोगको हातेमालो गर्दै सानै भए पनि यसरी जोडिन चाहेको हो, समाजसेवी तथा संस्थाका शुभेच्छुक रामचन्द्र अधिकारी बताउँछन् । रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि निरन्तर सहयोग जारी राख्ने बताए ।
भोटेकोशीमा आएको महाविनाशकारी बाढीले धेरैको घर मात्र बगाएन, धेरैका सपना र सहारा समेत खोसेर लग्यो। कसैलाई घाइते बनायो त कसैलाई आफन्तविहीन। विपत्तिले हिमाल, पहाड र तराई छुट्याएन; पीडा सबैको साझा बन्यो। यसमा थाेरै भएपनि मल्हमपट्टी लगाउन आफू सक्रिय रहेकाे बताउँछन्।


WRITE COMMENTS FOR THIS ARTICLE